महेन्द्रनगर, धनुषा
धनुषा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी सरगर्मी बढिरहेका बेला नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादव ले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै गाउँ–गाउँ र टोल–टोलमा मतदातासँग भेटघाट गरिरहेका यादवले जनताबाट उत्साहजनक साथ र समर्थन पाएको बताएका छन् । “जनताको अपार माया, विश्वास र समर्थनले हाम्रो जित सुनिश्चित भएको छ,” उनले भने, “यस क्षेत्रको विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दामा हामी स्पष्ट योजना लिएर अघि बढेका छौं ।
यादवका अनुसार पछिल्लो समय विभिन्न दल परित्याग गरी सयौं कार्यकर्ता नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरिरहेका छन्, जसले चुनावी माहोल थप बलियो बनाएको छ । उनले धनुषा–१ मा आफूले विगतदेखि गर्दै आएको सामाजिक र राजनीतिक योगदानका आधारमा मतदाताले विश्वास दोहो¥याउने विश्वास व्यक्त गरे ।
स्थानीय मतदातासँगको छलफलमा सडक, सिँचाइ, शिक्षा र स्वास्थ्य पूर्वाधार मुख्य एजेण्डा रहेको उनले बताए । “हामी केवल आश्वासन होइन, काम गरेर देखाउने प्रतिबद्धता गर्छौं,” यादवले जोड दिए ।
चुनाव नजिकिँदै जाँदा धनुषा क्षेत्र नं. १ मा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ भने उम्मेदवारहरू आफ्नो पक्षमा माहोल बनाउन सक्रिय रूपमा घरदैलो अभियानमा जुटिरहेका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग