दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुख चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। “सुशासन र समृद्धिको VISION 10” शीर्षकमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत सम्मानित, समुन्नत र स्वाभिमानी नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सार्वजनिक प्रतिज्ञापत्रमा प्रत्येक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्ने, हरेक नागरिकले सपना देख्न र त्यसलाई पूरा गर्न सक्ने अवसर सुनिश्चित गर्ने लक्ष्य उल्लेख गरिएको छ। सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्ने, किसानलाई उत्पादन र बजार व्यवस्थापनमा सहयोग गरी देशलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता समेत जनाइएको छ।

Your Ad Code Here

त्यस्तै, सबै नागरिकका लागि ओखती तथा औषधिको सहज उपलब्धता सुनिश्चित गर्ने, छोराछोरीलाई पढाउन आर्थिक भार नपर्ने शिक्षामैत्री वातावरण निर्माण गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ। बेथिति र भ्रष्टाचार अन्त्य गर्दै विधिको शासनमार्फत न्यायपूर्ण समाज स्थापना गर्ने अठोट समेत व्यक्त गरिएको छ।

प्रतिज्ञापत्रमा मौलिक संस्कृतिको संरक्षण गर्दै आधुनिक विकासलाई अघि बढाउने, अन्तर्राष्ट्रिय समुदायबाट सम्मानित हुने स्वाभिमानी राष्ट्र निर्माण गर्ने तथा समृद्धितर्फ तीव्र गतिमा अघि बढ्ने उज्ज्वल नेपालको परिकल्पना प्रस्तुत गरिएको छ।

उम्मेदवारले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिवद्धता कार्यान्वयनका लागि समर्थन मागिरहेका छन्। उनले सुशासन, पारदर्शिता र जनमुखी विकासलाई प्राथमिकतामा राख्दै “VISION 10” लाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग