महेन्द्रनगर, धनुषा
धनुषा क्षेत्र नं. १ अन्तर्गत गणेशमान चारनाथ नगरपालिका वडा नं. २ छघरियामा अगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बासिन्दा, पार्टी नेता–कार्यकर्ता तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई धनुषा क्षेत्र नं. १ बाट नेपाली कम्यूनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका मात्रिका प्रसाद यादवले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले भने धनुषा क्षेत्र नं. १ का जनताले लामो समयदेखि विकास, रोजगारी र सुशासनको अनुभूति गर्न पाएका छैनन् । अबको निर्वाचन परिवर्तनको अवसर हो । जनताको भरोसा र समर्थन पाएमा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।
उहाँले जनताको समस्या समाधानका लागि जनप्रतिनिधि सधैं जनताकै बीचमा हुनुपर्ने धारणा व्यक्त गर्दै थपे जनताले दिएको मतलाई कहिल्यै धोका दिने छैनौं । विकासका नाममा गरिने भ्रष्टाचार र विभेदको अन्त्य गर्दै समान र न्यायपूर्ण समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो ।
अन्तरक्रियामा सहभागी स्थानीय बासिन्दाहरूले सडक, खानेपानी, सिंचाइ, बेरोजगारी तथा युवाका समस्या उठाएका थिए । उम्मेदवार यादवले ती समस्या समाधानका लागि नीति तथा कार्यक्रममार्फत पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमले आगामी निर्वाचनमा पार्टी संगठनलाई थप सशक्त बनाउने र जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग