महेन्द्रनगर, धनुषा
धनुषा क्षेत्र नं. १ बाट नेपाली कम्यूनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मात्रिका प्रसाद यादवले नेता–कार्यकर्ता सहित हंसपुर नगरपालिका वडा नं. ८ भसहीमा स्थानीयबासीसँग अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियामा भुतहीका स्थानीयले सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र युवाको पलायनजस्ता समस्या तथा अपेक्षाहरू राखेका थिए । त्यसक्रममा उम्मेदवार यादवले क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए ।
उम्मेदवार यादवले भने, “धनुषा क्षेत्र नं. १ को विकास अब नारामा सीमित हुन हुँदैन । स्थानीयको वास्तविक समस्या पहिचान गरेर समाधान गर्ने समय आएको छ । भसहीसहित सम्पूर्ण क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छु ।
उनले थपे, “युवा रोजगारी सिर्जना, किसानका लागि सिँचाइ र मल–बीउको सहज उपलब्धता, तथा महिलाको आर्थिक सशक्तीकरण मेरो प्रमुख एजेन्डा हो ।
कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरूले जनतासँग प्रत्यक्ष संवादमार्फत नीति निर्माण र विकास योजनाहरू प्रभावकारी बनाउने अभियानलाई निरन्तरता दिने बताए । उनीहरूले चुनाव जितेपछि पनि जनतासँग नियमित संवाद र सार्वजनिक सुनुवाइको अभ्यासलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयबासीहरूले उम्मेदवार यादवको स्पष्ट धारणा र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै, क्षेत्रको समस्या समाधानका लागि दृढ नेतृत्व आवश्यक रहेको बताए । अन्तरक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग