दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा
शीतलहरको चिसो बढ्दै गएसँगै बटेश्वर गाउँपालिका–२ स्थित श्री जनप्रिय माध्यमिक विद्यालय, भुचक्रपुर (कक्षा ० देखि ७) तथा श्री राष्ट्रिय आधारभूत विद्यालय, सीतापुर (कक्षा ० देखि ५) मा अध्ययनरत २८० भन्दा बढी विद्यार्थीहरूलाई जुत्ता र मोजा वितरण गरिएको छ ।
उक्त सहयोग गङ्गोत्री इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक गणेश साहले चिसो मौसमलाई मध्यनजर गर्दै प्रदान गरेको छ । शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर नपरोस् र नियमित पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
सहयोग कार्यक्रमका क्रममा साहले भन्नुभयो, “चिसोका कारण कुनै पनि बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने मेरो सानो प्रयास हो । बालबालिकामा गरिएको लगानी नै समाजको उज्यालो भविष्य हो ।
कार्यक्रमप्रति विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय समुदायले खुसी व्यक्त गर्दै सहयोगकर्ता प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन् ।
यसअघि पनि साहले असहाय तथा गरिब परिवारलाई लक्षित गरी जाडोयाममा सिरक, खाद्यान्न वितरण गर्नुका साथै विभिन्न समयमा स्वास्थ्य उपचारमा समेत सहयोग गर्दै आएका छन ।
यस किसिमका मानवीय तथा शैक्षिक सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको भनाइ छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग