दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमाडौं ।
आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी (अस्थायी प्रहरी) को भर्ना प्रक्रिया खुलाइएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।
निर्वाचन अवधिभर मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणना स्थल तथा संवेदनशील क्षेत्रको सुरक्षा जिम्मेवारी निर्वाचन प्रहरीले सम्हाल्नेछ । भर्ना हुने जनशक्ति निर्वाचन सम्पन्न नहुँदासम्म अस्थायी रूपमा परिचालन गरिनेछ ।
नेपाल प्रहरीका अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको मिति भित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । भर्ना प्रक्रियामा शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण तथा प्रारम्भिक छनोट प्रक्रिया अपनाइनेछ ।
निर्वाचन सुरक्षालाई निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिएको प्रहरीको भनाइ छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग