दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

धनुषा,महेन्द्रनगर
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ देवकोटोल निवासी इन्द्र बहादुर कोइराला नेपाल आर्मीमा नाम निकाल्न सफल भएका छन् ।
उनको यो सफलताप्रति खुशी व्यक्त गर्दै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतो (मोदी) ले वडाकार्यालयमै दोसल्ला ओढाएर सम्मान तथा बधाई ज्ञापन गरेका छन् ।
वडाअध्यक्ष महतोले इन्द्र बहादुर कोइरालाको सफलताले वडा र नगरपालिकाको गौरव बढाएको बताउँदै अनुशासन, मेहनत र लगनशीलताले नै यस्तो उपलब्धि हासिल गर्न सकिने उल्लेख गरे । साथै, उनले आगामी दिनमा राष्ट्रसेवामा इमान्दारितापूर्वक योगदान दिन शुभकामना व्यक्त गरे ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग