महेन्द्रनगर, धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–८ स्थित माध्यमिक विद्यालय दिगम्वरपुरमा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि कक्षाकोठाबाट बाहिर निस्कन Exit Card प्रणाली लागू गरिएको छ । विद्यालयको शैक्षिक वातावरणलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउने उद्देश्यले यो नयाँ व्यवस्था सुरु गरिएको हो ।
विद्यालय प्रशासनका अनुसार अब विद्यार्थीहरूलाई कक्षाकोठाबाट बाहिर जान अत्यावश्यक परेमा मात्र Exit Card प्रयोग गर्न दिइनेछ । विशेषगरी धारा वा शौचालय जानुपर्ने अवस्थामा मात्र अनुमति दिइने यस प्रणालीले कक्षा चलिरहँदा हुने अनावश्यक आवत–जावतलाई न्यूनिकरण गर्ने विश्वास लिइएको छ ।
विद्यालयमा विगतमा कक्षाको समयमा बारम्बार विद्यार्थीहरू बाहिर जाने, धारा तथा शौचालय क्षेत्रमा भीडभाड हुने र यसले पठन–पाठनमा असर पार्ने समस्या देखिँदै आएको थियो । Exit Card प्रणाली लागू भएपछि ती समस्यामा उल्लेख्य कमी आउने अपेक्षा विद्यालयले गरेको छ ।
विद्यालय प्रशासनले यस पहललाई विद्यार्थी अनुशासन, सुरक्षा र समय व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको बताएको छ । कक्षाको समयमा विद्यार्थीहरू अनावश्यक रूपमा बाहिर ननिस्कँदा शिक्षकलाई पठन–पाठनमा सहजता हुने र विद्यार्थीहरूको ध्यान पनि पढाइतर्फ केन्द्रित हुने विश्वास गरिएको छ ।
यसका साथै, धारा र शौचालय क्षेत्रमा हुने भिड नियन्त्रण भई विद्यार्थीहरूको सुरक्षा र सरसफाइ व्यवस्थापनमा समेत सुधार आउने विद्यालयको भनाइ छ ।
विद्यालय परिवारले यो व्यवस्था विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ मर्यादित, अनुशासित र प्रभावकारी बनाउने दिशामा एक महत्वपूर्ण कदम भएको जनाएको छ । अभिभावक र विद्यार्थीहरूबाट समेत सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा विद्यालयले गरेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग