मधेशी आयोगका प्रथम अध्यक्ष डा. विजय कुमार दत्त भारतको उत्तर प्रदेश स्थित आजमगढ शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय भोजपुरी संगम महोत्सव–२०२५ तथा गौरवशाली पूर्वाञ्चल कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् ।
उक्त महोत्सव डिसेम्बर २१–२३, २०२५ सम्म सञ्चालन हुनेछ । महोत्सवले केवल सांस्कृतिक कार्यक्रम मात्र नभई भोजपुरी भाषा, साहित्य, कला र लोकसंस्कृतिको अन्तर्राष्ट्रिय प्रवद्र्धनको महत्वपूर्ण मञ्चको रूपमा काम गर्दै आएको छ ।
कार्यक्रममा भारत सहित एक दर्जनभन्दा बढी देशका राजनीतिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरू सहभागी हुने आयोजकले जनाएको छ ।
डा. दत्तले भाषाको महत्वमाथि जोड दिँदै भनेका छन्, “भाषा हाम्रो पहिचान, इतिहास र सभ्यताको आधार हो । हरेक भाषाको सम्मान र प्रवद्र्धन हुनु भनेकै मानव सभ्यताको संरक्षण हो। भाषा र संस्कृतिले हामी सबैलाई जोड्छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग