सर्लाही जिल्लाको गोदैता नगरपालिका–१२, मधुवनी टोलमा विद्युत् सर्ट सर्किटका कारण जलेको घरका पीडित परिवारलाई हामी सबैको आवाज नेपालको पहलमा सहयोग प्रदान गरिएको छ।
आज सोही स्थानमै आयोजना गरिएको सहयोग कार्यक्रममा पीडित परिवारलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा माननीय महबुल खान तथा श्री आशिक पटेलको विशेष सहभागिता रहेको थियो।
आगलागीका कारण घर तथा घरभित्र रहेका सामग्री पूर्णरूपमा क्षति भएको पीडित परिवारलाई तत्काल राहत पुर्याउने उद्देश्यले सहयोग कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
संस्थाले यस सहयोगबाट पीडित परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech