महेन्द्रनगर, धनुषा
धनुषा जिल्लामा पञ्चकन्या पाइप तथा फिटिङ्गको प्राविधिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । धनुषा जनकपुर ढल्केवर सडक खण्ड अवस्थित सपही होटलमा आयोजित उक्त कार्यक्रम राजाराम हार्डवेयरका सञ्चालक तारकेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्देश्य पञ्चकन्या कम्पनीद्वारा उत्पादित पाइप तथा फिटिङ्ग सामग्रीहरूको गुणस्तर, प्रयोग विधि र प्राविधिक पक्षबारे स्थानीय प्राविधिक तथा प्लम्बर मिस्त्रीहरूलाई जानकारी गराउनुका साथै उनीहरूबाट प्रत्यक्ष सुझाव संकलन गर्नु रहेको थियो ।
कार्यक्रममा पञ्चकन्याको आधिकारिक विक्रेता पञ्चकन्या आइरन स्टोर्स, जनकपुरका सञ्चालक सन्तोष कुमार साहको विशेष सक्रियता रहेको थियो । साथै पञ्चकन्या कम्पनीका प्रतिनिधि सरोज यादवको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधि सरोज यादवले पञ्चकन्या पाइप तथा फिटिङ्गसहित कम्पनीबाट उत्पादित विभिन्न निर्माण सामग्रीहरूको विशेषता, मजबुती, दीर्घकालीन उपयोगिता र बजारमा रहेको विश्वसनीयताबारे विस्तृत जानकारी दिएका थिए । उनले प्लम्बर मिस्त्रीहरूद्वारा प्रस्तुत गरिएका अनुभव, सुझाव तथा समस्या सम्बन्धी प्रश्नहरूलाई ध्यानपूर्वक सुनी टिपोट समेत गरेका थिए ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष देवु यादवले यस्ता प्राविधिक भेटघाट कार्यक्रमहरूले स्थानीय सीप विकास, व्यवसायिक क्षमता अभिवृद्धि र गुणस्तरीय निर्माण सामग्रीको प्रयोगमा महत्वपूर्ण योगदान पु¥याउने बताएका थिए । साथै स्थानीय अगुवा सुरेन्द्र यादव, रामनन्दन यादव तथा सरोज यादवको पनि उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका प्लम्बर मिस्त्रीहरू बलराम यादव, नसरुद्दिन राइन, बबलु ठाकुर, अशोक साह, भोला यादव, छोटा यादवलगायतको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी प्लम्बर मिस्त्रीहरूले पञ्चकन्या पाइपको प्रयोग गर्दा आएको अनुभव साझा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्ण प्लम्बर मिस्त्रीहरूलाई कम्पनीको तर्फबाट भेस्ट र झोला वितरण गरिएको थियो । आयोजकहरूले यस्ता प्राविधिक भेटघाट कार्यक्रमलाई आगामी दिनहरूमा अन्य स्थानहरूमा पनि विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग