दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

धनुषा ।
नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटीको आयोजनामा नगरपालिका स्तरिय विस्तारित भेला सम्पन्न भएको छ । पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक दिशाबारे रणनीतिक योजना बनाउने उद्देश्यका साथ आयोजित भेला नेकपा एमाले क्षिरेश्वरनाथ नगर कमिटीका अध्यक्ष अनिल कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो । प्रमुख अतिथि यादवले पार्टी संगठनलाई अझ मजबुत बनाउन स्थानीय तहका सबै वडास्तरका कमिटीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनका लागि जनतामाझ पुग्ने अभियानलाई निरन्तरता दिने र विकास निर्माणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
भेलामा प्रदेश सभा सदस्य तथा प्रदेश कमिटी सदस्य पल्टी देवी यादव, प्रदेश कमिटी सदस्य नजिमा खातुन, जिल्ला कमिटी सदस्यहरू रामकृष्ण यादव, श्याम किशोर यादव, ललित साह, दिप नारायण ठाकुर, जावेद खान लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भेलाका वक्ताहरूले संगठन विस्तार, कार्यकर्ता एकता र जनतामाझ एमालेको विश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले पार्टीको नीति, सिद्धान्त र कार्यशैली नै देशको समृद्धि र स्थायित्वको आधार भएको उल्लेख गर्दै जनतासँग प्रत्यक्ष संवादमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा विभिन्न वडास्तरका अध्यक्ष, सचिव, युवा तथा महिला सञ्जालका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका संगठनात्मक गतिविधि, चुनौती र आगामी योजनाबारे समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलाले संगठनलाई सक्रिय बनाउने, वडा कमिटीहरूलाई पुनःसंगठन गर्ने, युवाहरूलाई जिम्मेवारीका साथ अघि बढाउने र जनतामाझ पार्टीका नीति तथा उपलब्धिहरू प्रचार–प्रसार गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रमको अन्त्यमा नगर अध्यक्ष अनिल कुमार चौधरीले उपस्थित सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै पार्टीका सबै कार्यकर्तालाई एकजुट भई एमालेको नीतिलाई जनतामाझ लैजान आग्रह गर्नुभयो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग