धनुषा, क्षिरेश्वरनाथ ।
धनुषा जिल्ला अदालतले नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पञ्जियार सहित सात जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले असोज ३१ गते जारी गरेको पुर्जी अनुसार जिल्ला सभापति पञ्जियारका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, उनका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवमाथि पक्राउ आदेश जारी गरिएको हो ।

Your Ad Code Here

अदालतका अनुसार उक्त पक्राउ पुर्जी सुशील कुमार चौधरीले दिएको जाहेरीका आधारमा जारी गरिएको हो । यो पुर्जी हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

स्थानीय स्रोतका अनुसार केही महिना अघि नालाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) समर्थित समूहबीच झडप भएको थियो । सो क्रममा दुवै पक्षका कार्यकर्ताबीच कुटाकुट समेत भएको थियो । घटनापछि दुबै पक्षले एक–अर्काविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

अहिले घटनाले धनुषाको क्षिरेश्वरनाथ नगर क्षेत्रमा पुनः राजनीतिक तनाव र चासो पैदा गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग