असोज ३१ गते । धनुषा ।
बटेश्वर गाउँपालिका–२ सितापुर खोरियास्थित मधेश प्रदेशस्तरिय फुटवल म्याच १३ औं वनदेवी माई अध्यक्ष गोल्डकप २०८२ को तयारी पुरा भएको छ । वनदेवी माई खेल मैदानमा आयोजना हुने १३ औं वनदेवी अध्यक्ष गोल्डकप २०८२ को ट्राईसिट सार्वजानिक गरेकोे छ । बडादशै, दिपावली र छठ पर्वको अवसरमा सितापुर खोरियामा फुटवल म्याचको आयोजना गर्दै आएको छ ।
वनदेवी माई अध्यक्ष गोल्डकपको उदघाटन कार्तिक २ गते आइतवार दिउँसो २ बजे हुने आयोजक संस्था वनदेवी माई युवा क्लवले जनाएको छ । खेलमा धनुषा, महोत्तरी, सर्लाही, उदयपुर, सिरहा, पर्सा, सिन्धुली र आयोजक संस्थाको टिमको सहभागिता रहनेछ । उदघाटन खेल जनसेवी फुटवल क्लव बर्दिवास र कटारी फुटवल क्लव उदयपुरविच हुने आयोजक वनदेवी युवा क्लवका अध्यक्ष नरेन्द्र प्रसाद रायले बताए ।
फाइनल खेल कार्तिक ११ गते हुनेछ । खेल विजेता टिमलाई मेडलसहित नगद १ लाख पचास हजार र उपविजेता टिमलाई मेडलसहित ५५ हजार नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।
बटेश्वर गाउँपालिका, वडा कार्यालय २ र क्लवको आर्थिक सहयोगमा आयोजना हुने खेलको प्रत्यक्ष प्रशारण समेत गरिने स्थानिय युवा अजय कारकले बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग