महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेका निजी तथा आवासीय विद्यालयहरूको संगठन क्षिरेश्वरनाथ नगरपालिका नगर प्याब्सनका प्रतिनिधिहरूले सरकारले हालै लागू गरेको शिक्षा सम्बन्धी नयाँ प्रावधानप्रति गम्भीर असन्तुष्टि जनाउँदै विहिवार नगर प्रमुख सुखदेव यादवलाई ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिहरूले उक्त प्रावधानले निजी तथा आवासीय विद्यालयहरूको सञ्चालनमा प्रतिकूल असर पर्ने दाबी गर्दै विद्यालयको स्वायत्तता, शैक्षिक गुणस्तर र अभिभावकको विकल्पको अधिकार संरक्षण गर्न माग गरेका थिए ।
नगर प्याब्सनका प्रतिनिधिहरूले नयाँ प्रावधानले निजी तथा आवासीय विद्यालयहरूको वातावरण अस्थिर बनाउने खतरा छ । शिक्षकको नियुक्ति, पाठ्यक्रम छनोट र शुल्क निर्धारण जस्ता विषयमा अत्यधिक हस्तक्षेप भएको छ, जसले गुणस्तरीय शिक्षा दिन कठिन हुनेछ ।
ज्ञापनपत्रमा तत्काल सच्याउनुपर्ने विषयहरू निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाइनु पर्ने । “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने । हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनु पर्ने । र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनु पर्ने रहेका छन ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव ज्ञापनपत्र बुझ्दै तपाईंहरूको माग र चिन्ताबारे म गम्भीर रूपमा अध्ययन गर्नेछु । शिक्षा क्षेत्र सबैको हितमा रहोस् भन्ने उद्देश्यका साथ यस विषयमा म सम्बन्धित निकायमा कुरा राख्नेछु । त्यस्तै शिक्षा शाखा प्रमुख दिपक खत्रीले भने, “शिक्षा सम्बन्धी नयाँ प्रावधानको मर्म सबैलाई बुझाएर मात्र कार्यान्वयन गर्नुपर्छ । निजी विद्यालयहरूको योगदानलाई अस्वीकार गर्न सकिँदैन, तर सबैले शिक्षा पहुँचयोग्य र समान बनाउन सहकार्य गर्नुपर्ने आवश्यकता रहेको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्यावसन मधेश प्रदेश अध्यक्ष गणेश कुमार साह, पुर्व जिल्ला अध्यक्ष विनोद कुमार यादव, नगर अध्यक्ष महेश कुमार महतो, नगर पूर्व अध्यक्ष वर्तमान सलाहकार सुजित कापरी, नगर सचिव रामसिठ महतो र कोषाध्यक्ष लक्ष्मण साह लगायत नगर कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech