महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित स्थानीयस्तरमा समाचार र सञ्चार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सिटी टेलिभिजन र न्यूज अफ नेशनको कार्यालय स्थापना गरिएको छ ।
नयाँ कार्यालय उद्घाटन सुचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशका अध्यक्ष डा.अजय साह द्धारा गरिएको छ । कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिनिधि, पत्रकार, स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । मिडिया सेन्टरको उद्धाटन गर्दै साहले डिजिटल संचारको बढदो महत्वलाई मध्यनजर राखी यस क्षेत्रको सुचना तथा संचारको समृद्धिका लागि मिडिया सेन्टरले उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यालय स्थापना सँगै स्थानीय समाचार संकलन, प्रत्यक्ष प्रसारण, अन्तरवार्ता कार्यक्रम तथा सामुदायिक मुद्दा सम्बोधनमा टेलिभिजन र अनलाइन प्लेटफर्मको सक्रियता बढ्ने अपेक्षा गरिएको छ ।
सञ्चालक पक्षका अनुसार, आधुनिक उपकरण र दक्ष जनशक्ति प्रयोग गरी स्थानीय र राष्ट्रिय समाचार, विशेष रिपोर्ट उत्पादन र प्रसारण गरिनेछ । साथै, डिजिटल प्लेटफर्ममार्फत देश–विदेशका दर्शक–पाठकलाई समयमै सूचना र समाचार उपलब्ध गराइनेछ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech