दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ मा सञ्चालन गरिएको ७ दिने उद्यमशीलता विकास तालिम मिति २०८२ साल जेष्ठ १९ गतेदेखि सुरु भई जेष्ठ २५ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ । उक्त तालिम क्षिरेश्वरनाथ नगरपालिका, रेमी, अप्रवासी श्रमीक सञ्जाल तथा हेल्वेटास नेपालको संयुक्त सहकार्यमा आयोजित गरिएको हो । तालिमको मुख्य उद्देश्य स्थानीय युवायुवती तथा स्वरोजगारमा रुचि राख्ने नागरिकहरूलाई व्यवसाय सुरु गर्न आवश्यक सीप, ज्ञान र आत्मविश्वास प्रदान गर्नु रहेको थियो ।
तालिम अवधिभर सहभागीहरूलाई व्यापार योजना निर्माण, लगानी तथा पूँजी व्यवस्थापन, उत्पादन तथा सेवा सञ्चालन, ग्राहक सेवा, बजार विश्लेषण तथा नवप्रवर्तन सम्बन्धी विषयमा व्यवहारिक अभ्यास सहित प्रशिक्षण दिइएको थियो ।
समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले भने “स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नु हाम्रो प्राथमिकता हो । यसरी तालिममार्फत सीप र आत्मविश्वास दिंदै युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउनु हाम्रो दीर्घकालीन रणनीति हो । पालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै, सीप र स्रोतसहितको सहयोग गर्ने प्रतिबद्धता लिएको छ । उनले सहभागीहरूलाई आ–आफ्नो सीप प्रयोग गरी लघु तथा घरेलु उद्योग सञ्चालन गर्न प्रेरणा दिँदै, व्यवसायिक सफलता प्राप्त गर्न नगरपालिकाको पूर्ण सहयोग रहने आश्वासन पनि दिएका थिए ।
त्यस्तै समापन कार्यक्रमको अध्यक्षता गर्नु भएको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष जय किशोर सिंह “यस प्रकारका तालिमहरूले स्थानीय तहमा स्वरोजगार सिर्जना गर्ने, युवा विदेशिनु नपर्ने वातावरण बनाउने र आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने विश्वास लिएको छु । हाम्रो वडाले उद्यमशीलता प्रवद्र्धनमा निरन्तर साथ दिँदै जानेछ । तालिममा सहभागी हुनु भएका सबै जनालाई म बधाई दिन चाहन्छु ।
कार्यक्रममा सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको अनुभव सुनाउँदै, सिकेका सीपहरू व्यवहारमा उतार्ने र स्वरोजगार सुरु गर्ने दृढता व्यक्त गरेका थिए । आयोजक संस्थाहरूले निकट भविष्यमा अझ प्राविधिक तथा उन्नत तालिम सञ्चालन गर्ने जानकारी दिएका छन् ।
समापन कार्यक्रममा वडा अध्यक्ष, प्रशिक्षक वरण साह, शत्रुधन साह, अप्रवासी श्रमिक संजालका अध्यक्ष प्रमोद यादव, सचिव राम पुकार यादव, सदस्य सत्यनारायण यादव, दिलिप साह, रेमीकी रोजगार प्रमर्सकता लक्ष्मी काफले, संयोजक पुनम यादव, वडा नम्बर ३ का सचिव अनिल झा, नगरपालिकाका प्रतिनिधिहरू, संयोजक संस्थाहरूका प्रतिनिधि तथा प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका वक्ताहरूले तालिममा सिकेका सीपहरू व्यवहारमा उतारी स्वरोजगार तर्फ लाग्न आग्रह गरे ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग