महेन्द्रनगर, सामान्यज्ञान सम्बन्धि रुची तथा ज्ञानको क्षेत्रफल फराकिलो बनाउने उदेश्य साथ संचालित करिब एक महिने नगर स्तरिया हाजिरी जवाफ प्रतियोगिताको महासंग्रम सम्पन्न भएको छ । दुधमती एम.एम.१०४ मेगाहर्जका व्यवस्थापक अनिल कुशवाहाको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख अतिथीयमा आयोजित एक कार्यक्रम विच प्रतियोगितामा प्रथम र द्धितीय स्थान प्राप्त विद्यालयलाई सिल र सहभागी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । दुधमती मिडिया प्रा.लि.द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्जको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकाको विशेष सहयोगमा करिब एक महिना सम्म संचालित फाइनल प्रतियोगितामा मिथिला नगरपालिका ढल्केवर स्थित संचालित चिल्डे«न गार्डेन बो.स्कुल ढल्केवर १० अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको छ भने क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित संचालित श्री क्षिरेश्वर जनता मा.वि. महेन्द्रनगर ५ अंक प्राप्त गरी दोस्रो स्थान ल्याउन सफल भएको छ । प्रतियोगितामा चिल्डे«न गार्डेन बो.स्कुलबाट छात्र सोनु प्रसाद सिंह र छात्रा पुजा मण्डल सहभागी भएका थिए भने श्री क्षिरेश्वर जनता मा.वि.बाट छात्र अभिषेक ठाकुर र छात्रा प्रेरणा ठाकुर सहभागि भएका थिए । ज्ञान भनेको सार्वजनिक रुपमा मान्य विचारहरुलाई बाहिर ल्याउनु हो जुन प्रत्येक मानिसको मस्तिष्कमा लुकेर बसेको हुन्छ त्यही उदेश्यका साथ संचालित नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिताको महासंग्राममा क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका र वटेश्वर गाउँपालिका गरी जम्मा १६ ओटा विद्यालय सहभागी भएको थियो ।
स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो । मानव सभ्यताको विकासक्रम सँगसँगै शिक्षाको पनि विकास भएको पाइन्छ । मानिसले विभिन्न युग र कालहरु व्यतीत गर्दै आजको आधुनिक युगमा प्रवेश गरेको छ । शिक्षालाई ज्ञान आर्जन गर्ने माध्यमको रुपमा लिइन्छ । शिक्षाका पुराना विचारहरु अलग हुन सकेका छैनन् तापनि मध्यकालिन र आधुनिक युगमा नयाँ नयाँ विचारहरु विकासक्रमका रुपबाट आएका छन् । शिक्षा सर्वव्यापी, जीवनपर्यन्त र मानवीय अधिकारको रुपमा स्थापित भइसकेको छ । विश्वव्यापीकरणको आजको युगमा शैक्षिक स्तर ले कुनै पनि समाजको प्रगति र विकासको रुपरेखालाई एकसाथ प्रतिबम्बित र प्रभावित गर्ने गर्दछ ।
शैक्षिकस्तरकोे जग बलियो नभइकन न त उपलब्ध श्रोतको सही प्रयोग हुन सक्दछ, न त न्यायपूर्ण वितरण नै । यसर्थ आज कुनै पनि विकसित देशमा विकासको मूूलप्रवाह शिक्षार्थी वा विधार्थीहरुको कला, कौशल, क्षमता, ज्ञान, जानकारी, चेतना, विज्ञता, सिकाई, पढाई, वातावरणले निर्धारण गरिरहेको हुन्छ । यी सम्पुर्ण कुराहरुलाई मध्यनजर गर्दै संचालित प्रतियोगितामा प्रश्नहरु समेटिएको कार्यक्रममा उस्थित अतिथीहरुको भनाई रहेको थियो ।
अर्कोतर्फ सूचना र सञ्चारको भूमण्डलीकरणका कारण आज जो सँग सही समयमा सही सूचना छ, ऊ नै सबैभन्दा शक्तिशाली र श्रोत साधन सम्पन्न हुने अवस्था छ । यी कुराहरुलाई मध्यनजर गर्दै एक साथ रेडियो र समाजिक संजाल फेसबुकबाट प्रत्यक्ष प्रसारण गरी प्रतियोगिता संचालन भएको थियो । सम्मान तथा प्रशंसा पत्र वितरण कार्यक्रममा उपस्थित प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, विशिष्ठ अतिथी उप–प्रमुख रचना श्रेष्ठ माथेमा, विशिष्ठ अतिथी प्यावसनका केन्द्रिय सदस्य नरेन्द्र शर्मा, अतिथी समाजसेवी मित्त लाल गिरी, ईश्वरी अधिकारी लगायतका वक्ताहरुले आयोजक प्रति धन्यवाद दिँदै आउनेदिनमा यस्ता प्रकारका ज्ञानमुलक प्रतियोगिता जारी राख्न आग्रह गर्नुभयो । कार्यक्रममा क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमाले अध्यक्ष अनिल चौधरी, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, वडा नम्बर ८ का अध्यक्ष मोद कुमार महतो, वडा नम्बर ९ का अध्यक्ष अवध किशोर यादव, प्यावसन नगर सचिव कृष्ण लामा, क्षिरेश्वर मा.वि.का प्रधानध्यापक उपेन्द्र राय यादव, यूवा नेता सितेश कुमार झा लगायतका अतिथीहरु, अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । त्यस्तै करिब एक महिना सम्म संचालित हाजिरी जवाफ प्रतियोगिताको महासंग्रममा कार्यक्रम संचालन गरी सहयोग गर्नुभएका किरण गिरी, रोहित खनाल, प्रविधिक अवधेश प्रसाद साह, सहयोगी सुरेश प्रसाद सिंह, यसोदा गुरुङ्ग, आयूषा खातुनलाई प्रशंसापत्र प्रदान गरिएको छ भने विशेष सहयोगी भुमिका निवार्ह गर्ने क्षिरेश्वरनाथ नगरपालिकालाई सम्मानपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएका छन ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech