महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर मा.वि.मा विश्व शान्ति दिवसका अवसरमा वृक्षा रोपन गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमाले नगर अध्यक्ष अनिल चौधरीको अगुवाई र नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच वृक्षा रोपन गरिएको हो । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नारा साथ आयोजित कार्यक्रममा स्थानिय खेलाडी, शस्त्र प्रहरी नक्टाझिज बेस क्याम्पका प्रहरी जवान, राजनितीकर्मी, बुद्धिजिवी र यूवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा महेन्द्रनगर स्थित शाखा रहेको एन एम वि बैंकले सहजीकरण गरेको आयोजकले जनकारी दिएका छन । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो । नेपालमा भने वि.सं २०६५ सालदेखि दिवस मनाउन थालिएको हो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech