दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका दुर्गाटोल स्थित विद्यालयबाट घर फर्किने क्रममा वालिकालाई ठक्कर दिइ फरार भएको मोटरसाईकल चालक पक्राउ परेका छन । पक्राउ परने चालक धनुषा मिथिला विहारी नगरपालिका ९ अन्दुपटी बस्ने ओम प्रकाश पासवानको छोरा वर्ष २६ को सुरज कुमार पासवान रहेको छ । मंगलवार विहान साढे ९ बजे तिर महेन्द्रनगरबाट धनुषाधाम तर्फ गईरहेको ज.५ प.५८८८ नम्बरको टु टवाइन्टी पल्सर मोटारसाइकलले दुर्गाटोल बस्ने रिता यादवकी ७ वर्षिया छोरी रचना यादव दुर्गा तुलसी राष्ट्रिय आधारभुत विद्यालयबाट परिक्षा दिई घर फर्किरहेको बेला ठक्कर दिएको थियो भने वालिकालाई घटना स्थलमै मृत्यू भएको स्थानियहरुले जनकारी दिएका छन । एता ततकालै फरार मोटरसाईकल र मोटरसाईकल चालकलाई विभिन्न सिसिटिभी फोटेजको अधारमा समात्न सफल इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक सोनु कुमार साहलाई स्थानियहरुले प्रशंसा गरेका छन । स्थानिय राजनितीकर्मी क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का पूर्व वडाअध्यक्ष राम किशुन यादव फरार मोटरसाईकल र चालकलाई समात्न सफल प्रहरी निरिक्षकलाई धन्यवाद दिँदै सोनु कुमार सर आएदेखि महेन्द्रनगर लगायतको क्षैत्रमा झैझगडा चारी लगायतको घटना कम भएको बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग