दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाले कृषिमा आधुनिकिकरण, यान्त्रिकिकरण गर्नका लागी चार्जर र सधारण स्प्रीयर टेन्क हस्तान्तरण गरेको हो । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले किसानहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर कृषि सामग्री वितरण गरेको जानकारी दिनुभयो । क्षिरेश्वरनाथ नगरपालिकाको कृषि शाखाको आफनो बजेट, नीति तथा कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०–०८१ मा नगरपालिकाको दसओटै वार्डमा प्रकाशित सुचना सँगै आएको फरमको अधारमा जम्मा ६० जनालाई यी सामग्री वितरण भएको कृषि शाखा प्रमुख विष्णु यादवले जानकारी दिनुभयो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग