महेन्द्रनगर, धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले श्री मा.वि.दिगम्वरपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक सोनु कुमार साह पहिलो चोटी गाँउमा संचालित विद्यालय श्री मा.वि.दिगम्वरपुरमा जनचेतना मुलक कार्यक्रम संचालन गरेको वडाअध्यक्ष मोद कुमार महतो मोदीले जनकारी दिए । वडाअध्यक्ष मोदीका अनुसार यस्तो सचेतना मुलक कार्यक्रम शहरमा संचालित विद्यालयहरुमा कयौं पटक संचालन भएको होला तर गाउँमा संचालित विद्यालयमा यस प्रकारको सचेतना मुलक कार्यक्रम संचालन गरेको प्रहरी निरिक्षक सोनु कुमार साहलाई धन्यवाद दिएका थिए । अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै कक्षा ९ र १० का करिब ७० जना विद्यार्थीहरुलाई आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साईबर अपराध, मानब बेचबिखन लगायत विषयमा जानकारी गराउने गरेको प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए । प्रहरी निरिक्षक साहका अनुसार क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष र श्री मा.वि.दिगम्वरपुरका प्रधानध्यापक सँग समन्वय गरेर कक्षा ९ र १० का विद्यार्थीलाई कानुनी साक्षरता, बालविवाह, ट्राफिक सचेतना र साईबर अपराध विषयमा जानकारी गराएको बताए । साथै यो भन्दा पहिला क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा संचालित क्षिरेश्वर मा.वि.मा संचालन गरेको भन्दै आउने दिनमा यस प्रकारको कार्यक्रम बाँकी विद्यालयहरुमा पनि संचालन गर्ने योजना रहेको जनकारी दिनुभयो । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.८ का वडाअध्यक्ष मोद कुमार महतो (मोदी), विद्यालयका प्रधानध्यापक सम्पत महतो, लेखा चन्द्र प्रसाद सिंह, वडाअध्यक्ष प्रत्यासी राम खेलाउन महतो, शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech