दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
लुम्वनी प्रदेशको नवलपरासीमा आयोजना हुन लागेको मुख्यमन्त्री राष्ट्रिय कवड्डी प्रतियोगिताको लागी मधेश प्रदेशबाट प्रतिनिधित्व गर्नकालागी खेलाडी छनौट गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको सिस्टमेटिक स्कुलको सभा हलमा मधेश प्रदेश कवड्डी संघ छनोट समितिको सिफारिस अनुसार खेलाड्डी छनौट गरिएको मधेश प्रदेश कवड्डी संघका कार्यालय सचिव कल्याण भुजेलले जनकारी दिएका छन । खेलाड्डी छनौट प्रतियोगितामा सहभागी जम्मा ४० खेलाडी मध्य उत्कृष्ठ प्रदर्शन गरेका मधेश प्रदेशको ७ जिल्लाबाट १२ जानालाई छनौट गरिएको छ । प्रतियोगिताको लागी मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने टिममा धनुषाबाट कल्याण भुजेल, कृष्ण राय, राहुल राय, महोत्तरीबाट सुजन बुलामी, सलार्हीबाट विशाल चौधरी, सप्तरीबाट विशाल कुमार मेहता, बाराबाट सोहिल मंसुर, अभिशेष राय, पर्साबाट सागर यादव, दिपेन्द्र यादव, आलोक कुमार थारु, रेफुल राईन छनौटमा पर्न सफल भएको छ । सातै प्रदेशका खेलाडीहरूबिच प्रतिस्पर्धा गराउने, विभिन्न प्रदेशका खेलाडीहरूको पहिचान गर्न, खेलाडीहरूको खेल कौशलताको अभिवृद्धि गर्न र प्रदेशका खेलाडीहरूबिच भातृत्व कायम गराउन आयोजना गर्न लागिएको आयोजकले जनकारी दिएका छन । खेलाडी छनौटमा पर्न सफल खेलाडीहरुलाई कवड्डी संघका महासचिव अरविन्द झा, मधेश प्रदेश कवड्डी संघका अध्यक्ष सरोज सिंह लगायतका अतिथीहरुले जितका लागी अग्रिम बँधाई दिएका छन ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग