दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको सिस्टमेटिक बोडिङ्ग स्कुलको ५ औं वार्षिकोत्सव विभिन्न क्रियाकलाप गरी सम्पन्न भएको छ । विद्यालयका प्रिन्सीपल सुप्रभा यादवको अध्यक्षता र फाउन्डर अमिरुल राईनको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच विद्यालयका शिक्षक, शिक्षिका, विभिन्न प्रतियोगितामा वर्षभरी उत्कृष्ट गरेका र कार्यक्रमको लागी आयोजना गरिएको खेलकुदमा उत्कृष्ट गरेकाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सहभागी विद्यालयका फाउन्डर अमिरुल राईन सफल विद्यालय शैक्षिक कार्यसम्पादनमा उत्कृष्ट त हुन्छ नै; यससँगै विद्यालयले विद्यार्थी, शिक्षक र कर्मचारीहरूका लागि सकारात्मक र सहयोगी वातावरण पनि बनाउँछ ।
यस्तो विद्यालय समाजको अभिन्न अंगका रूपमा विकास भएको हुन्छ । शिक्षाको व्यापक र सन्तुलित दृष्टिकोणलाई महत्त्व दिएका विद्यालय नै कालन्तरमा सफल हुन्छन् । सफल हुने चाहना भएर मात्र पुग्दैन, विद्यालयको अल्पकालीन र दीर्घकालीन नीति–योजना व्यवहारमा उतार्ने क्षमतावान र लगनशील टिम पनि आवश्यक पर्छ ।

Your Ad Code Here

नियमनकारी निकाय र समाजको रचनात्मक सहयोग हुनुपर्छ । सबै सरोकारवालाहरूबीच निरन्तर बहस, छलफल, समीक्षा र मूल्यांकन अनिवार्य हुन्छ । सफल विद्यालयले विद्यार्थीहरूको आवश्यकता र हितलाई प्राथमिकता दिन्छ । सिकाइ रोचक बनाउन विभिन्न सिकाइशैलीहरू पहिचान गर्छ, सिकाइको सकारात्मक र समावेशी वातावरण बनाउँछ । पाठ्यक्रमको सही उपयोग गरी विद्यार्थीहरूमा समीक्षात्मक सोच, रचनात्मकता र समस्या समाधान गर्ने सीप विकासको नीति लिएको हुन्छ ।

विद्यालयको वातावरण, सिकाइशैली, स्रोतसाधनको परिचालन, शिक्षक–कर्मचारी तथा व्यवस्थापन टिमको दक्षता र लगनशीलता, आन्तरिक कार्यविभाजन तथा शैक्षिक र अतिरिक्त क्रियाकलापमा विद्यालयले प्राप्त गरेका नतिजाहरू पनि सफलता मापनका आधारहरू हुन सक्छन् । सकारात्मक परिवर्तन स्वीकार नगरी यथास्थितिमै रहने, विद्यार्थीहरूलाई व्यावहारिक सीप सिकाउनमा ध्यान नदिने, प्रविधिको प्रयोगबाट अध्ययन–अनुसन्धान तथा अन्वेषणमा ध्यान नदिई सिद्धान्तमात्र सुनाउने हो भने विद्यालय सफल हुन सक्दैन । विद्यार्थीको मनोविज्ञान, रूचि र क्षमता पहिचान गरेर त्यसअनुसार ज्ञान दिन र सीप सिकाउन सके अवस्य विद्यालय सफल हुन्छ ।

कार्यक्रममा शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा जनचेतना मुलक नाटक, नृत्य, गायण, चुटकिला लगायतले उपस्थित अतिथीहरुलाई मनोरन्जन प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग