१४ फागुन, गुल्मी । गुल्मी जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech