१३ फागुन, काठमाडौं । फागुन १५ देखि ३० गते सम्मको संसदीय क्यालेन्डर तय भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यतालका अनुसार फागुन महिनाको बाँकी १५ दिनमा ५ दिन मात्रै बैठक बस्नेछन् ।सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि फागुन १८ गते, २१ गते, २२ गते, २३ गते र ३० गते बैठक राख्ने गरी कार्यतालिका तय भएको हो । सोमबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुनेछ ।१८ गते सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० प्रस्तुत, भन्सार विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत, राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक माथि समितिको प्रतिवेदन सहित छलफल र पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत र अन्य विधायिकी कार्य राखिएको छ ।२१ गते राजनीतिक दल सम्बन्धी विधेयक ९दोस्रो संशोधन०, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत र अन्य विधायिकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव वाहेक० माथि दलीय आधारमा छलफल प्रारम्भ हुनेछ ।२२ गते शून्य समय, विशेष समय, शून्यरविशेष समयमा उठेका प्रश्नको जवाफ, निर्माणमुखि सामग्री ०व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० माथिको छलफल जारी रहनेछ ।२३ गते राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत, भन्सार विधेयक, २०८० र विद्युतीय व्यापार विधेयक, २०८० लाई समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० माथिको छलफल जारी रहनेछ ।३० गते राजनीतिक दल सम्बन्धी विधेयक ९दोस्रो संशोधन०, २०८० लाई समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सम्बन्धी समितिको प्रतिवेदन सहित छलफल र पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० माथिको छलफल जारी रहनेछ भने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने दिनको जानकारी गराइनेछ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech