११ फागुन, चितवन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौने ६ बजे ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech