२७ माघ,बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले दुई छिमेकी मुलुक चीन र भारतबीच विद्यमान अघोषित तिक्ततालाई अन्त्य गर्न नेपाल संवाद सेतु बनेर पर्याप्त लाभ लिनसक्ने बताएका छन् ।चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल(चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उपकुलपति बज्राचार्यले विश्वकै शक्तिशाली अर्थतन्त्र र ठूलो जनसंख्या भएका दुई छिमेकीलाई सन्तुलित सम्बन्धले मिलाउने अवसर नेपाललाई भएको औंल्याए । ‘चीन र भारतबीच अघोषित तिक्तता रहेको सबैलाई जगजाहेर छ, त्यसलाई मिलाउने पुलको काम नेपालले गर्न सक्छ,’ बज्राचार्यले भने, ‘चीन र भारतबीच डायलग पोइन्ट नेपाल नै हो, दुवै देशको विश्वास जित्न सक्ने क्षमता देखाउने हो भने नेपालको आर्थिक विकास र समृद्धि टाढा छैन ।’उपकुलपति सुवर्णलाल बज्राचार्यले नेपाल चीनको दक्षिणी ढोका भएको उल्लेख गर्दै यसलाई सदुपयोग गर्न नेपाल चुकेको औंल्याए ।चिनियाँहरू भारतमा सहज प्रवेश नपाउने तर नेपालमा सहज प्रवेश पाउने भएकाले नेपालले यो ढोका सधैं खुला राखेर यसको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।उनले चीनसँग साझेदारीमा कृषि,पर्यटन उद्योगमा लगानी गर्न सकिने बताए । देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय भवन बनान चीनले ५० करोड अनुदान दिएको भन्दै त्यहाँ चार हजार नेपाली र १६ हजार चिनियाँ विद्यार्थीलाई पढाउने लक्ष्य रहेको बताए ।चीनविज्ञ डा। सागर न्यौपानेले चीनले नेपाललाई धेरै क्षेत्रमा सहयोग गर्न तयार भएपनि नेपालले विश्वास जितेर सहयोग लिन चुकेको औंल्याए । उनले चीनमा छात्रवृत्ति कोटा बढाउन पहल गर्न सुझाव दिए ।प्राध्यापक कुमार खड्काले चीनमा करोडौं बौद्धमार्गी भएकाले उनीहरुलाई लुम्बिनी भ्रमणमा ल्याउन विशेष प्राथमिकता दिनुपर्ने बताए । भैरहवा र पोखरा विमानस्थलमा चिनियाँ जहाज उडान गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।आसन्न लगानी सम्मेलनमा चिनियाँ लगानी र नवीनतम औद्योगिक र कृषि प्रविधि प्रविधि भित्राउने योजना बनाउन सरकारको ध्यानाकर्षण गराए ।नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसँगको सम्बन्ध अझ बलियो र जनस्तरमा विस्तार गर्न बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजना नेपालमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसँगको सम्बन्धको प्राथमिकतामा राखेर चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने उनले बताए ।अन्तरक्रियामा नेपाल चीन मैत्री समाज लुम्बिनीका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी,उपाध्यक्ष डा। ऋषिराम शर्मा,सचिव जनकराज पन्त, साहित्यकारहरु विजयसागर श्रेष्ठ र डिल्लीराज भट्टराई,अधिवक्ता शिव गौडेल,प्राध्यापक नरेन्द्र श्रेष्ठले चीनको तीब्र आर्थिक विकास, चिनियाँ नागरिकको मेहनत र अनुशासन,नेतृत्वको दुरदर्शिताबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।चीनको नयाँ वर्षलाई चिनियाँमा ‘छुन् च्ये’, अंग्रजीमा ‘स्प्रिङ फेस्टिभल’ र नेपालीमा वसन्त चाडका रुपमा स्थापित छ ।चिनियाँ पात्रोको नयाँ वर्ष प्रायः जनवरीको मध्यदेखि वा फेब्रुअरी दोस्रो हप्ताभित्र पर्दछ । सन् २०२४ मा फेब्रुअरी १० तारिखमा चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ ।्

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग