महेन्द्रनगर,
जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल रमदैया भवाडी द्धारा सवैलामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनुषाको सवैला नगरपालिका वडा नं. ९ भठिहन वडा कार्यायमा बुधवार वडाअध्यक्ष मनिष रायको सहकार्य र जानकी मेडिकल कलेज रमदैया भवाडीको सहयोगमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा ६ सय १५ जना लभाम्वित भएको जानकी मेडिकलले जनकारी दिएका छन । निःशुल्क स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मृगौला, सर्जरी ः सम्पुर्ण अपरेसन तथा क्यान्सर सम्बन्धि, वाल रोग विभाग, स्त्री तथा प्रशुती रोग विभाग, हाड जोर्नी तथा नसा रोग विभाग, नाक, कान, घाँटी विभाग, छाला रोग विभाग, दन्त रोग विभाग, आँखा रोग विभाग, रक्त परिक्षण विभाग, निःशुल्क औषधी वितरण र यू एस.जी भिडियो एक्सरे लगायतका उपचार गरिएको मेडिकलले जनकारी दिएका छन । जानकी मेडिकल रमदैया भवाडीका निर्देशक, इर्मेजन्र्सी विभाग प्रध्यापक डा. धर्मदत सुवेदीका अनुसार जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैया भवाडीको नियमित कार्यक्रम अन्तर्गत आज बुधवार सवैला नगरपालिका ९ को वडा कार्यालय भठिहनमा शिविर संचालन भएको छ । जानकी मेडिकलमा यस्को अलवा थप सुविधाहरु २४ औं घण्टा उपलब्ध सेवा, निःशुल्क मातृ तथा नवजात शिशु सेवा, फिजियोथेरापी, खोप सेवा, परिवार नियोजन जस्ता सेवाहरु नियमित प्रदान गरिएको छ ।
त्यस्तै जानकी मेडिकल रमदैया भवाडीले अहिल प्रत्येक आइतवार, सोमवार, बुधवार र विहिवार चोह्रवा, ठेरा, कचुरी, तरापटी, मिथलेश्वर, पुरन्दाहा, मंगलपुर र धनुषाधाम लगायतको ठाउँहरुमा निःशुल्क यातायातको सेवा पनि विस्तार गरेको छ । साथै अहिले जानकी मेडिकल पहिलाको भन्दा धेरै नै सुधारमुख रहेको पनि जनकारी दिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग