महेन्द्रनगर, क्षिरेश्वरनाथ नगरपालिका द्धारा संचालित प्रदेश स्तरीय मेयर कप महिला भलिवल प्रतियोगिता २०८० सम्पन्न भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर मा.वि.को खेल मैदानमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम उदगार अधिकारीको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित फाइनल प्रतियोगिता हरिपुर न.पा.७ चिताइन सलार्हीले जितन सफल भएको छ । क्षिरेश्वरनाथ नगरपालकाको चालु आ.व.२०८०÷०८१ को नगर स्तरिय विकास योजना अनुसार मधेश प्रदेश स्तरिय प्रथम मेयर कप महिला भलिवल प्रतियोगितामा मधेश प्रदेशका ८ ओटा टिम सहभागी अन्तिम फाइनल प्रतियोगिता कोल्वी न.पा. बारा र हरिपुर न.पा.७ चिताइन सहलार्ही विच भएको घमासान म्याच बरावरीमा सकेपछि अन्तिम १५ अंकको पुन्ह म्याच गराईकोमा हरिपुर न.पा.७ चिताइन सलार्हीले आफनो पक्षमा जित हाथ पार्न सफल भएको छ भने कोल्वी न.पा. बारा दोस्रो स्थान ल्यउन सफल भए । त्यस्तै तेस्रो स्थानको लागी रौतहट र सलार्ही विच भएकाृे प्रतियोगितामा सलार्ही तेस्रो स्थान ल्याउन सफल भएको छ भने रौतहट सन्ताउना सांत्वना पुरस्कार पाउन सफल भएको छ । प्रतियोगिताको समापन्न कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीलाई बाँधाई दिदैं राष्ट्रियको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद थप क्षिरेश्वरनाथ नगरपालिकाको लागी खेलकुद नारा थप्दै अगामी दिनमा खेलाडी उत्पादन गर्ने ठाउँ चिनाउने महेन्द्रनगरलाई पुन्ह जिवित गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथी मधेश प्रदेशका पुर्व कानुन मन्त्री ज्ञान कुमार यादव, नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर अध्यक्ष अनिल चौधरी, राष्ट्रिय भलिवल संघका प्रशिक्षक भरत यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विनोद गुप्ता, वडा नम्बर २ का पूर्व वडाअध्यक्ष श्याम यादव, क्षिरेश्वरनाथ नगरपालिका शिक्षा शाखा प्रमुख दिपक खत्री, जिन्सी शाखा प्रमुख सरोज रजक, शिक्षा शाखाका कासिम राइन, यूवा नेता सितेश कुमार झा, वि.एन.वि.होटलका संचालक विनय साह, विभिन्न जिल्लाबाट आएका प्रशिक्षक, टिमकोच खेलाडी दर्शकहरुको उपस्थिती रहेको थियो । महेन्द्रनगर क्षिरेश्वर मा.वि.को खेल मैदानमा माघ २१ गते देखि २४ गते सम्म संचालन प्रतियोगितको समापन कार्यक्रममा उपस्थित अतिथीहरुको हाथबाट प्रथम स्थान ल्याउन सफल हरिपुर नगरपालिका ७ चिताइन सलार्हीका टिमलाई नगद रु.४० हाजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, दोस्रो स्थान ल्याउन सफल कोल्हवी नगरपालिका बाराका टिमलाई नगद रु.३० हाजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, तेस्रो स्थान ल्याउन सफल सलार्हीका टिमलार्य नगद रु.२० हाजार, ट्रफी, मेडल तथा प्रमाणपत्र र सांत्वना स्थान ल्याउन सफल रौतहटको टिमलाई नगद रु.१० हाजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै ४ दिन सम्म चलेको प्रतियोगितामा सहयोगी रेफ्री, कोच लगायतका व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने महेन्द्रनगर स्थित संचालनमा रहेको वि.एन.वि.होटलका संचालन विनय साह द्धारा खेलाडीको हौसला बढाउन पटक पटक रेडबुलको व्यवस्था गरिएको थियो । खेलमा उत्कृष्ट खेल प्रदार्शन गर्ने खेलाडीहरुलाई धनुषा जिल्ला फुटवल संघका अध्यक्ष केवल मुखिया लगायतका व्यक्तिहरु द्धारा प्रोत्साहन स्वरुप नगदको व्यवस्था गरिएको थियो । फाइनल प्रतियोगितमा उपस्थित दर्शकहरुलाई क्षिरेश्वरनाथ नगरपालिका द्धारा छिटै राष्ट्रयपति रनिङ्ग सिल प्रतियोगिता यही मैदानमा हुन जनकारी पनि गराइएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech