दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश गरेको अवसरमा शाखा कार्यालय धनुषा महेन्द्रनगर शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।

देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते स्थापना भएको बैंकले स्थापना दिवसको अवसर पारेर आज शाखा प्रवन्धक विवेक दहालको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच शुभकामना अदान प्रदान र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

Your Ad Code Here

कार्यक्रममा अतिथीहरु क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, सदस्य संजय साह, पूर्व शाखा प्रवन्धक लक्ष्मन महतो, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रतिनिधि, सेवाग्राही, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकको ५९ औं वार्र्र्षिकोत्सवको अवसरमा नियमित बचत, व्याज बुझाउने उत्कृष्टि सेवाग्राहीहरुलाई प्रमुख अतिथी र शाखा प्रवन्धक लगायतका अतिथीहरुको हाथबाट दोस्लला र प्रमानपत्र सहित सम्मान गरिएको छ ।

२०२२ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग