जनकपुरधाम माघ १० गते । सिराहामा देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवाका २५ वर्षीय मो। जियाउल राइनले जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।सोमबार बिहान १० बजेतिर घरको आँगनमा रहेको हातेकलबाट पानी थापेर जाँदै गर्दा पछाडिबाट देवरले बन्चरो प्रहार गर गरेका थिए । गम्भीर घाइते तञ्जिलालाई त्काल छिमेकीहरूले उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।बञ्चरो प्रहार गरी हत्या गर्ने जियाउललाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीयका अनुसार लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले सुरुमा भाइ अताबुल र बुहारीलाई आक्रमण गर्न खोजेका थिए । उनीहरू भागेपछि कलबाट पानी लिएर जाँदै गरेकी जेठी भाउजूलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।मृतक तञ्जिलाकी श्रीमान् सलिम राइन वैदेशिक रोजगारीको क्रममा पछिल्लो करिब आठ वर्षदेखि कुवेतमा रहेका छन् । तञ्जिलाले सात वर्षका छोरा र पाँच वर्षीया छोरीको साथमा घर–व्यवहार चलाउँदै आएकी थिइन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech