८ माघ, जनकपुरधाम । जनमत पार्टीको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास हुँदै छ । राजविराज नगरपालिका १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको छ ।आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवन शिलान्यास गर्ने विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले बताए । मुख्यमन्त्री सरोजकुमार यादवले आजैको मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय गरेकाले शिलान्यास हुने बताए ।शिलान्यासका लागि जसपाका नेता कार्यकर्ता, मधेशका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरु राजविराज पुगेका छन् ।जनमत पार्टीबाट मधेश प्रदेशमा शिक्षामन्त्री बनेका महेश प्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी भवन शिलान्यास कार्यक्रम स्थगित गर्न भनेका थिए । ‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको वक्तव्यमा उल्लेख छ ।यसैगरी जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले आइतबार साँझ गृह मन्त्रालयलाई पत्र लेख्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेका थिए ।
छलफल र समन्वयविना विश्वविद्यालयले उपेन्द्र यादवको हातबाट शिलान्यास गराउने तयारी गरेको भन्दै जनमत पार्टीका नेता(कार्यकर्ताहरुले विश्वविद्यायमा तालाबन्दी समेत गरेका छन् ।मुख्यमन्त्री यादवले भने गौरवका योजना रहेकाले शान्तिपूर्ण रुपमा शिलान्यास हुन दिन आग्रह गरेका छन् ।
शिक्षा मन्त्री यादवले भने रोक्न भनेको कार्यक्रम अझै नरोकिएकाले आफूहरु विरोध गर्ने बताए । ‘शिलान्यास कायक्रमको हामी विरोध गर्छौं । बहिस्कार गर्छौं,’ मन्त्री यादवले भने ।सप्तरी क्षेत्र नं। २ बाट जनमत पार्टीका अध्यक्ष डा। सिके राउत निर्वाचित छन् । त्यस क्षेत्रबाटै पराजित उपेन्द्र यादवले सोही क्षेत्रमा रहेको विश्व विद्यालयको भवन उदघाटन गर्न लागेकोमा जनमतको आपत्ति छ ।जनमतको विरोधका बाबजुद हुन लागेको शिलान्यास कार्यक्रममा तनाव हुन सक्ने सम्भावना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले आज शुभदिन रहेकाले र सबैलाई आमन्त्रण गरिसकेकाले कार्यक्रम नरोकिने बताए । ‘आज हामी कुनै पार्टी पोलिटिक्स नगरी सबैलाई निमन्त्रणा गरिसकेका छौं । आजै राम मन्दिरको उदघाटन जस्तो शुभ दिन छ । मन्त्रीजीलाई हिजो हामी भेटेरै शिलान्यास कार्यक्रम हुन दिनुस्, सहभागी हुनुस् भन्यौं,’ रजिष्ट्रार ठाकुरले भने ।
उनले शिलान्यासको विषयमा पटक(पटक शिक्षा मन्त्रीसँग छलफल गरेर नै कार्यक्रम राखेको दाबी गरे ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग