६ माघ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका( २ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ ।जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए । दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech