महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका द्धारा निकालिएको अपिल पत्रमा यही मिति २०८० माघ ८ गते सोमवार नगर भित्र माछा, मासु र मदिरा जन्य पदार्थ विक्रि वितरण नगर्न अपिल गरिएको छ । निकालिएको अपिल पत्रमा श्री राम जन्मभुमी तिर्थक्षेत्र अयोध्या भारतमा यहि मिति २०८० माघ ८ गते सोमवार नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्री रामको प्राण प्रतिष्ठा हुँदैछ, जुन सम्पुर्ण सनातनी हिन्दु धर्मावलम्वीहरु त्था भगवान जगत जननी माता जानकीको जन्मभुमी मिथिला क्षेत्र भित्र पर्ने यस क्षीरेश्वरनाथ नगरपालिका वासीहरुमा अत्यन्तै हर्ष तथा आन्नदको विषय हो । त्यसैले प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै क्षीरेश्वरनाथ नगरपालिका वासीहरु पनि उक्त दिन घरघरमा दिपोत्सव गर्नुको साथै यस नगरपालिका क्षेत्र भित्र रहेको प्रसिद्ध धार्मिक स्थलहरु क्षीरेश्वरनाथ मन्दिर, राजदेवी मन्दिर, जैसि बाबा थान र दुर्गा मन्दिर लगायतका धार्मिक स्थानहरुमा उपस्थित भई दिपोत्सव गर्न आह्वान गरिन्छ । साथै सो दिन मिति २०८० माघ ७ र मिति २०८० माघ ८ गते यस क्षीरेश्वरनाथ नगर क्षेत्र भित्र माछा, मासु र मदिरा जन्य पदार्थ विक्रि वितरण नगर्न नगराउनुहुन नगरपालिकाको अपिल छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग