४ माघ, धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद भएको छ ।एउटै भवन दुईपटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेपछि विवाद चर्किएको छ ।एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेका छन् ।प्रशासनिक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको एमालेले भने नगरपालिका घेराउ गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech