महेन्द्रनगर, महोत्तरीको सोनमा गाउँपालिकाले विपन्न समुदायलाई जाडोमा राहतको लागी फाइबर वितरण गरेको छ । तराई क्षेत्रमा लगातारको सितलहरले अत्यधिक जाडो बढेको कारण गाउँपालिकाका जेष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिला लगायतलाई करिब ७ सय थान न्यानो कपडाले बनेको फाइबर सिरक वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले जनकारी दिए । अध्यक्ष यादव सोनमा गाउँपालिका वडा नं. ४ खेस्राहा र वडा नम्बर ५ खैरबनीमा जेष्ठ नागरिकलाई सम्मान गर्दै जाडोमा राहतको लागी फाइबर सिरक वितरण गर्दै जाडोबाट बँँच्न विना काम घरबाट बाहिर न निस्कीन यदी निस्कीनु नै पर जिउमा मोटो लुगा लगाउन आग्रह गर्नुभएको थियो । साथै कुनै ठाउँको विकास मुखी बनाउनका लागी त्यो ठाउँको शिक्षामा सुधार आवश्यक रहेकोले आफनो पहिलो प्राथमिकतामा शिक्षा नै रहेको र त्यही अनुसार अगाडी बढको बताए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech