२६ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०को पहिलो महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु हुँदै छ । पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ ।नाउपाका संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । भारतीय जनता पार्टी (भाजपा०को प्रतिनिधित्वसमेत उदघाटन समारोहमा हुने उनको भनाइ छ ।महाधिवेशनमा ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्ऽीय सदस्य चयन गर्ने चौधरीले बताए । मनोनित केन्द्रीय सदस्यहरुसमेत गरी नाउपाको केन्द्रीय समिति ५०१ सदस्यीय हुनेछ ।टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नाउपा गठन गरी दुई वर्ष अघि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । त्यसयता रञ्जिता पार्टी अध्यक्ष र उनका श्रीमान् रेशमलाल संरक्षकको भूमिकामा छन् ।रञ्जिता वर्तमान सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत छिन् । नाउपाको विधानमा एक व्यक्ति एक पदको व्यवस्था भएकाले अब रञ्जिताको सट्टा रेशम चौधरी पार्टी अध्यक्ष बन्न सक्ने अनुमान गरिएको छ ।गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरिदिएपछि रेशम गत जेठ १५ गते जेलबाट छुटेका थिए । उनलाई बाँकी कैद मिनाहा गरिदिने निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधिन छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग