२५ पुस, काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग