महेन्द्रनगर,
महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित रहेको श्री राष्ट्रिय अधारभुत विद्यालयमा जन सहयोगी यूवा संजालको धमाकेदार प्रवेश भएको छ ।
विद्यालयको शैक्षिक वातावरणको लागी रमणीय गार्डेन, सांस्कृतिक कार्यक्रमको लगाी स्टेज निमार्ण लगात कामको लागी सोमवार एक कार्यक्रम विच शिलान्यास गरी कामको सुरुवात भएको छ ।
बर्दिवास नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष विजय कुमार महतो र जनसहयोगी यूवा संजालका अध्यक्ष प्रमेश्वर महतोको हाथबाट शिलान्यास गरी कामको शुभारम्भ भएको छ । जनसहयोगी यूवा संजालका अध्यक्ष महतोका अनुसार संजालको उदेश्य अनुसार नै हाम्रो कामको सुरुवात भएको छ र आउने दिनमा पनि समाज प्रतिको उत्तरदायी भुमिकामा बसेर हाम्रो काम अगाडी वढने छ ।
कार्यक्रममा वडाका वडा प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, स्थानिय बुद्धिजिवी, समाजसेबी, शिक्षक, बिद्यार्थी लगायत स्थानीयको उपस्थिति रहेको थियो । साथसाथै उक्त कार्यक्रम मुठ्ठिदान मार्फत सम्पन्न हुने भएकाले आजैका दिनदेखी विभिन्न ब्यतिहरुको सहयोग आइरहेको जनकारी दिदैँ सम्पुर्ण शिक्षा प्रेमिहरुबाट सहयोगको अपेक्षा रहेको संजालले जनकारी दिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग