दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको आयोजनामा संचालित नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पकडियाको खेल मैदानमा मंगलवार वडा नम्बर १० ले वडा नम्बर ७ लाई ६० रनले हराउँदै फाईनल प्रतियोगिता जितन सफल भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको आयोजना र समता यूवा क्लव पकडियाको प्राविधिक सहयोगमा संचालित प्रतियोगिताको फाईनल खेलमा वडा नम्बर १० टस जितेर पहिलो ब्याटिङ्ग रोज्दै र्निधारित ओभरमा १ सय २९ रन बनाएको थियो । र्निधारित ओभरमा १ सय ३० रनको टार्गेट पाएको वडा नम्बर ७ सम्पुर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटिएको थियो । प्रतियोगिताको म्यान अफ दि सिरिज क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का खेलाडी लभ कुमार यादवलाई प्रदान गरिएको छ भने फाइनल खेलमा ४ विकेट र आफनो ओभरमा मात्र ७ रन दिएका वडा नम्बर १० का खेलाडी सरोज महरालाई म्यान अफ दि म्याचको कप प्रदान गरिएको आयोजकले जनकारी दिएका छन ।

क्षिरेश्वरनाथ नगरपालिका भित्रका ९ ओटा टिम सहभागी प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल टिमलाई नगद रु.२५ हाजार, मेडल, सिल, प्रमानपत्र र दोस्रो स्थान ल्याउन सफल टिमलाई नगद रु.१५ हाजार मेडल, सिल प्रमानपत्र उपस्थित अतिथीहरुको हाथबाट प्रदान गरिएको थियो ।

प्रतियोगिताको फाईनल खेलमा उस्थित प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव खेलमा सहभागी सम्पुर्ण खेलाडीलाई बँधाई दिदैँ नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता अभियास खेल भएकोले यसमा कसैको हार कसैको जित हुँदैन हामी अगाडी नगरका लागी जिल्ला स्तरीय र प्रदेश स्तरीय खेलमा कस्तो प्रदर्शन गर्न सक्छौ त्यस्को अभियास खेल खेलाईको हो र आउनेदिनमा नगरबाट विभिन्न खेलका लागी त्यारी भईरहेको जनकारी गराउनुभएको थियो । फाईनल प्रतियोगितामा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगदिस यादव, वडा नम्बर ६ का अध्यक्ष विनोद गुप्ता, वडानम्बर ७ का अध्यक्ष मुवारक कवारी, शिक्षा शाखा प्रमुख दिपक खत्री, शिक्षा शाखाका काशिम राईन, राजस्व तथा जेन्सी शाखा प्रमुख सरोज कुमार रजक, वडा नम्बर ७ का पूर्व वडाअध्यक्ष राम किशुन यादव, वि.एन.वि.होटलका संचालक विनय साह, शिक्षा समिति सदस्य, विभिन्न वडाका वडा सचिव, समता यूवा क्लवका अध्यक्ष, सदस्य लगायत स्थानिय खेल प्रेमीहरुको उपस्थिती रहेको थियो।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग