महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेको नगर अध्यक्षमा सर्वसहमतीले अनिल चौधरीलाई चयन गरिएको छ । नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनबाट सर्वसहमतीमा मधेश प्रदेशको सदस्य पदमा पूर्व नगर अध्यक्ष महेन्द्र यादव चयन भएपछि खाली रहेको पदमा नगर उपाध्यक्ष अनिल चौधरीलाई नगर र जिल्लाका नेताहरुको उपस्थितीमा नगर अध्यक्ष जस्तो गरिमाम्य पदमा सर्वसहमतीले चयन गरिएको नेकपा एमाले जिल्ला कमिटि सदस्य राजु गुप्ताले जनकारी दिए । सदस्य गुप्ताका अनुसार धनुषा महेन्द्रनगरबाट सम्भावना बोकेका तथा नेकपा एमालेका जुझारु कर्मठ लगनशिल जनसमुदायिमा छोटो समयमा जनप्रिय हुन सफल भएका कारण हाम्रो नगर कमिटिका निर्णय अनुसार अनिल चौधरीलाई चयन गरिएको छ । साथै नेकपा एमालेमा एउटा सबल र सक्षम नेतृत्व प्रदान गर्न सफल होस शुभकामना पनि दिनुभयो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech