महेन्द्रनगर, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका द्वारा १९औँ एसियाली खेलकुदमा सहभागी मधेस प्रदेशका महिला कबड्डी खेलाडी गंगा घिमिरेलाई नगद सहित सम्मान गरिएको छ ।चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको थियो । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । मधेस प्रदेशबाट छनौट भई खेलमा सहभागी महिला कबड्डी खेलाडी गंगा घिमिरेलाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगद २५ हजार सहित सम्मान गरेको हो । खेलाडी घिमिरेलाई मधेस प्रदेश कबड्डी संघ द्वारा महेन्द्रनगरमा आयोजित मधेस प्रदेश निर्णायक तालिम कार्यक्रममा उक्त रकम नगर उप–प्रमुख रचना माथेमाको हाथबाट नगद सहित सम्मान गरिएको हो ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख प्रमुख सुखदेव यादव अन्तराष्ट्रिय स्तरमा यस प्रदेशको नाम चम्काउन योगदान पु¥याए वापत तथा खेलाडीहरुको मनोबल बढाउन सम्मान गरिएको बताए । त्यस्तै कार्यक्रममा उपस्थित नगर उप–प्रमुख माथेमा यस्तो होनहार खेलाडीलाई आफनो नगरमा सम्मान गर्न पाउँदा खुसी लागेको र अगामी दिनका लागी शुभकामना दिनुभएको थियो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको थियो । भारतसित पराजित भएसँगै नेपाल कास्य पदक मै सीमित भएको रह्यो । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको थियो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनमा प्रवेश गरे सँगै नेपालले एसियाली प्रतियोगितामा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech