महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एक कार्यक्रमको आयोजना गरी शिक्षक र शिक्षिकाको स्वागत र विदाई कार्यक्रम गरिएको छ ।

विद्यालयमा लामो समय सम्म अध्यापन गराउदैँ आइरहनुभएका शिक्षक राम सुदिष्ठ यादव, कमल पंडित र राम शंकर यादवलाई विद्यालय गुठीका अध्यक्ष डा.संतोष गिरीको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच विधिवत विदाई गरिएको छ ।

Your Ad Code Here

विगत ३० वर्ष भन्दा वढि समय देखि विद्यालयमा अध्ययापन गराउदैँ आइरहनुभएका सरहरुको विदाई गर्दा उपस्थित शिक्षक, शिक्षिका, व्यवस्थापन समिति र विद्यार्थीहरु भावुक बनेका थिए ।

विदाई कार्यक्रममा मेरो ज्ञानभुमी नै क्षिरेश्वर र कर्मभुमी नै क्षिरेश्वर भन्दै भावुक बनेका शिक्षक रामसुदिष्ठ यादव अगाडी केही बोल्न सक्नुभएन । त्यस्तै विद्यालयमा आफनो शिक्षक साथी र विद्यार्थीहरुको अन्तिम विदाई कार्यक्रममा शिक्षक कमल पंडित र राम शंकर यादव विगत दिनका अनुभव सुनाउदैँ उपस्थित विद्यार्थीहरुको अगामीदिन प्रगतिमा वितोस कामना गर्नुभयो । कार्यक्रममा उपस्थित गुठी व्यवस्थापन समितिका सदस्य प्रदिप साह लामो समय सम्म शिक्षक सेवामा अनुभवी सरहरुलाई विदाई गर्न इच्छा नभएपनि हाम्रो सिस्टम अनुसार उमेरहदका कारण विदाईगर्नु परेको भावुक हुँदै आफना विचार राखेका थिए । विदाई कार्यक्रममा उपस्थित शिक्षक र शिक्षिकाहरुको भावुक अभिव्यक्तिले उपस्थित सम्पुर्ण व्यक्तिहरुको आँखा रसाएको थियो ।


त्यस्तै क्षिरेश्वर माध्यमिक विद्यालयले केहिदिन पहिला निकालेको शिक्षक भार्नाबाट उर्तिण शिक्षक रमेश महतो, शिक्षिका पिंकी यादव, स्नेहा झा, लेखा निभा साह र प्रशासन रत्ना साहलाई स्वागत गरिएको विद्यालयका प्रधानध्यापक उपेन्द्र राई यादवले जनकारी दिए ।

कार्यक्रममा गुठी सदस्य अहमद हुसेन, शिक्षक कमल यादव, बावुसाहेव यादव, उमाकान्त पहाडी, सुनिल पोखरेल, राज कुमार श्रीवास्तव, पंकज पजियार, उमेश यादव, संजय राई लगायतको उपस्थिती रहेको थियो भने शिक्षिका राम प्रिया घिमिरे, सिधी साह र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग