महेन्द्रनगर, धनुषाको वटेश्वर गाउँपालिका शान्तिपुरमा एक महिला सहित २० जनाले रक्तदान गरेका छन । रक्तदान जिवन दान बरावर हुन्छ भन्दै वटेश्वर गाउँपालिका वडा नम्बर ५ को सहयोग, नेपाल रेडक्रस सोसाइटी जनकपुरको प्राविधिक सहयोग र ब्लड फोर नेपालको आयोजनामा रक्तदान सम्पन्न भएको छ । वटेश्वर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शिव करण यादव शनिवार विहान करिब ९ बजे वडा कार्यालयको प्राङ्गनमा आफै रक्तदान गरेर कार्यक्रमको सुरुवात गरेको ब्लडफोर नेपालका संस्थापक सरोज कुमार महतोले जनकारी दिए । वडाअध्यक्षका अनुसार रक्तदान जिवन दान बरावर नै हो अहिले पनि समाजमा रक्तदान गर्न डराईरहेको छ जस्को कारण अहिले पनि रगतको अभावले कति विरामी अकालमै जिवन गुमाउनु परेको छ । अहिले पनि समाजका स्वस्थ व्यक्तिहरुले वर्षमा २ पल्ट भएपनि रक्तदान गरियो भने अकालमा मृत्यूहुने व्यक्ति बाँच्न सक्छ र रक्तदान गर्ने व्यक्ति पनि स्वस्थ रहने उहाँको भनाई रहेको छ । त्यस्तै ब्लडफर नेपालका संस्थापक सरोज कुमार महतो विगत ४ वर्षदेखि ब्लडफ नेपाल नामक संस्थाले विभिन्न समयमा रक्तदान कार्यक्रम गरी अभाव भइरहेको रगत अभावलाई सहयोग गर्दैै आइरहेको र आउनेदिनमा पनि उदेश्य साथ अगाडी बढने बताउनु भयो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech