दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
दुधमती एफ.एम.१०४ मेगाहर्ज र दुधमती टेलिभिजन फेसबुक पेजबाट एकसाथ प्रसारित करिब एक महिने लामो कार्यक्रम नगर स्तरिय हाजिरीजवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका र वटेश्वर गाउँपालिकाका १८ ओटा विद्यालय सहभागी कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका ७ महेन्द्रनगर स्थित रहेको गंगोत्री बो.स्कुल प्रथम स्थान हासिल गरेको छ भने दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमी दोस्रो र मिथिला नगरपालिका ढल्केवर स्थित रहेको श्री महेन्द्र मा.वि. तेस्रो स्थान ल्याउन सफल भएको छ ।

Your Ad Code Here

विद्यार्थीहरुको ज्ञानको स्तर वढाउने उदेश्यका साथ प्रसारित कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र सहित गिफट स्वरुप समान्यज्ञानको किताव उपस्थित अतिथीहरुको हाथबाट प्रदान गरिएको थियो ।

ज्ञान भनेको सार्वजनिक रुपमा समान्य विचारहरुलाई बाहिर ल्याउनु हो जुन प्रत्येक मानिसको मस्तिष्कमा लुकेर बसेको हुन्छ । यी यर्थात कुराहरुलाई मध्यनजर गर्दै दुधमती मिडिया प्रा.लि.द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्ज र दुधमती टेलिभिजन फेसबुक पेज टिम अगाडी बढेको व्यवस्थापन समितिका संयोजक अनिल कुशवाहाको भनाई रहेको छ ।

साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव दुधमती मिडिया प्रा.लि.द्धारा विद्यार्थीहरुलाई समान्य ज्ञान प्रतिको रुची बढाउन जुन किसिमको नयाँ कार्यक्रम संचालन गरिएको छ त्यसलाई निरन्तरता दिन आग्रह गर्दै आउनेदिनमा प्रतियोगिता सफलका लागी नगरबाट हुन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, क्षिरेश्वरनाथ नगरपालिका शिक्षा शाखाका प्रतिनिधि कासिम राईन, स्थानिय बुद्धिजिवी मितलाल गिरी, ईश्वरी अधिकारी, क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, न्यू शिव आयल स्टोर्सका संचालक ललित साह, साना किसान कृषि सहकारी संस्था दिगम्वरपुरका अध्यक्ष लक्ष्मी यादव, शिरिष न्यूजका संचालक पत्रकार अजय साह, गंगोत्री बो.स्कुलका संचालक गणेश साह, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कार्की, स्थानिय वुद्धिजिवी अशोक साह, सर्प दंन्स उपचार केन्द्र महेन्द्रनगरका संयोजक राज किशोर राउत, सहभागी स्कुलका प्रअ सहभागी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

दुधमती एफ.एम.मा आवध विजय दास द्धारा संचालन गरिएको कार्यक्रममा सहयोगी यसोदा गुरुङ्ग उपस्थित अतिथीहरुलाई स्वागत गरेका थिए भने करिब एक महिनाको हाजिरी जवाफ प्रतियोगिताका संचालक सुरेश साह, प्राविधिक कृष्ण यादव, रोहित खनाललाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग