महेन्द्रनगर, अखिल नेपाल कबड्डी संघको महासचिव जस्तो गरिमामय पदमा भरखर निर्वाचित अरविन्द कुमार झालाई सम्मान गरिएको छ ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा अवस्थीत सिस्टमेटिक स्कुलका फाउन्डर तथा मधेश प्रदेश कबड्डी संघका सल्लाहकार मो.अमिरुल राईन द्धारा सम्मान गरिएको हो । एउटै कार्यसमितिको अखाडा तोरदै करिब ३५ वर्ष पछि अखिल नेपाल कबड्डी संघको दोस्रो अधिवेशनबाट नायाँ कार्यसमितिको चयन भएको छ ।
कार्यक्रममा सम्मानित हुँदै संघका महासचिव झा सम्मान गर्ने स्कुलका फाउन्डरलाई धन्यवाद दिँदै उस्थित विद्यार्थीहरुलाई कवड्डी खेलको बारेमा जनकारी गराउँदै आउने दिनमा आफूमाथी थपिएको जिम्मेवारीलाई आत्मसाथ गर्दैै अगाडी बढने प्रतिवद्धता जनाउनु भएको थियो । अखिल नेपाल कबड्डी संघको मिति २०८०÷०३÷२६ गते भएको निर्वाचनमा तुलसी थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । संंघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी, महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मला कुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी चुनिए । निर्वाचन पस्चात संघ द्धारा काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा संघले, साधारण सभामापछि गरिने कार्यको फेहरिस्त पनि प्रस्तुत गरेको छ । जसअनुसार एक महिना भित्र कार्यालय व्यवस्थापन ६ महिना भित्र २०३७ साल देखि २०८० सम्म सम्पन्न अन्तराष्ट्रिय कवड्डी पदकधारीलाई सम्मान गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, प्रशिक्षक तालीम दिने तथा महिला शसक्तिकरण कार्यक्रमलाई निरन्तरता दिनेलगायतका कार्यक्रमहरु रहेका छन् ।
त्यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपालमा कबड्डी विस्तारका लागि केही दिर्घकालिन योजनासहित अघि बढ्ने निर्णय समेत गरेको छन् । त्यस्तै स्कुलका फाउन्डर राईन द्धारा राखिएको सम्मान कार्यक्रममा मधेस प्रदेश कबड्डी संघका उपाध्यक्ष सरोज सिंह दनुवार, मधेस प्रदेश कबड्डी संघका कार्यालय सचिव कल्याण भुजेल र धनुषा जिल्ला कबड्डी संघका सचिब मनोज मन्डल समेत लाई सम्मान गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech