दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा मिथिला नगरपालिका ढल्केवरमा २१० औं भानु जयन्ती तथा कविगोष्ठी सम्पन्न भएको छ । बुधवार नेपाली साहित्यका आदिकवीका रुपमा परिचित भानुभक्त आचार्यको स्मरणमा ढल्केबरको कोमल होटेलमा एक समारोह बीच उनले नेपाली साहित्यमा प्रदान गरेको देनको स्मरण गरि कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष विपिराज दाहालको अध्यक्षता तथा प्रदेशसभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्यमा तथा मिनापाको उप प्रमुख सुनिता सिंह बुढाथोकीको विशेष अतिथ्यता रहेको कार्यक्रममा विभिन्न जिल्लाबाट आएका कविहरुले आजको समयमा नेपाल र नेपालीलाई भाषीक सुत्रमा गाँभ्नमा उनको देनको स्मरण गरे ।कार्यक्रममा प्रदेश सभा सांसद हरि नारायण महतोले हिजो तराई पहाड र हिमाल गाँभ्ने देन नै साहित्यको रहेको बताउँदै भानुको देन बिर्सन नहुनेमा जोड दिनुभएको छ ।त्यस्तै मिनपाका उप प्रमुख सुनिता सिंह बुढाथोकीले आजको समयमा भानुको देन सम्झन लायक बताउँदै छोटो कविता प्रस्तुत समेत गर्नु भएको थियो । साहित्यले नै एकतामा राख्ने हुनाले यस्तै कार्यक्रम भबिस्यमा पनि गर्नु पर्ने कार्यक्रमका प्रश्त्तोता नीर प्रसाद शर्माले बताउनु भयो ।मिथिला साहित्य प्रतिष्ठान ढल्केवर धनुषाको आयोजना एवं नमुना बचत तथा ऋण सहकारी संस्था लि. ढल्केवरको बितिय सहयोगमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका कविहरुको उपस्थिती रहेको थियो भने कविहरुले विभिन्न क्षेत्रका समस्याका बारे आफ्नो प्रश्तुती प्रस्तुत गरेका थिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग