दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव क्षिरेश्वरनाथ नगरपालिकालाई सफा सुन्दर नगरपालिका बनाउने प्रतिवद्धता जनाउनु भयो ।

राष्ट्रिय सेवा दल एल्मुनाई एसोसिएशन, नेपाल मधेस प्रदेशको निर्देशक मिना ठाकुर र महेन्द्रनगर सरसफाइ अभियन्ता निर्मला साहको अगुवाईमा प्रत्येक शनिवार विहान ७ बजेदेखि ८ बजेसम्म नियमित सरसफाई गर्ने अभियान अन्तर्गत पहिलो दिन क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको मेन हाईवे नेपाल आयल निगम डिपो देखि सखुवा चौक सम्म सरसफाई गरिएको छ ।

Your Ad Code Here

सरसफाई कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख यादव सरसफाईको लागी हामी अभियान नै सुरु गरेको र त्यस्को प्रतिफल छिटै नगरबासीहरुले पाउने छ । हरहर सरसफाई घरघर सरसफाई नाराका साथ क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा देखिएको अव्यवस्थीत टहराहरु व्यवस्थीत गर्न नगरबाट सुचना काटिने जानकारी दिँदै सुचनालाई अटेर गर्नेलाई कवार्हिगर्ने बताउनुभयो । साथै क्षिरेश्वरनाथ नगरपालिकालाई सफासुन्दर नगरपालिका बनाउन तँपाइहरु ज्स्ता अभियानी, समाजसेवी, यूवाहरुको आवश्यकता रहेको छ । सरसफाई अपने लेल नारा साथ सुरु गरिएको सरसफाई कार्यक्रममा सरसफाई अभियन्ता धिरेन्द्र साह, एकल महिलाको प्रदेश स्तरिय अध्यक्ष अनिता देवकोटा, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कार्की लगायतका प्रहरी टोली, श्री श्रीनाथ गणको क्याप्टेन लगायतका आर्मीटोली, सशस्त्र प्रहरीबल नकटाझिज क्याम्पका प्रहरी निरिक्षक सहितको टोली, समाजसेवी सतिश कुमार झा, राष्ट्रिय सेवादल, स्थानिय बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग