महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित हिन्दु सम्राट सेना नेपाल द्धारा भव्य शोभा यात्रा निकालिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजार हनुमान मन्दिरबाट निकालिएको शोभा यात्रा चन्दरपुर हँदै एफ.एम.चौक, पेपरमिलरोड, सखुवा चौक, हनुमान चौक, दुर्गामन्दिर हुँदै क्षिरेश्वरनाथ महादेव स्थान दर्शन गर्दै पुन्ह सखुवा बजार हनुमान मन्दिर स्थित कोणसभामा परिनत भएको थियो । जय श्री रामको नारा लगाउँदै निकालिएको शोभा यात्रामा क्षिरेश्वरनाथ नगरपालिकाका पूर्व मेयर वर्तमान नेपाली कांग्रेस धनुषा जिल्ला अध्यक्ष योगेन्द्र पजियार लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । शोभा यात्रामा सहभागी हिन्दु सम्राट सेनाका अनुसार नेपाल हिन्दु राष्ट थियो, हिन्दु राष्ट छ र हिन्दु राष्ट रहने छ भन्ने उदेश्यका साथ अहिलाका धेरै व्यक्तिहरुलाई हिन्दु धर्म थाहा भएपनि हिन्दु सनातन धर्म थाहा नभएकोले आज गुरु पुर्णिमाका दिन हामी शोभा यात्रा निकालिएको र हाम्रो यो यात्रा जारी नै रहने बताएका थिए । सोभा यात्रामा सहभागी विशिष्ट व्यक्तिहरुलाई सम्मान पनि गरिएको आयोजकले जनकारी दिएका छन ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech